चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन–भदौ) मा सरकारले १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । तर, लक्ष्य भन्दा संकलन धेरै टाढा छ । भदौसम्म सवा दुई खर्ब राजस्व उठ्ने अनुमान थियो । यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।

साउनमा सामान्य अवस्था रहँदा पनि लक्ष्य अनुसार राजस्व उठेको थियो । भदौमा धेरै राजस्व उठ्ने समयमै जेनजी आन्दोलन चर्कियो । २३ र २४ भदौको आन्दोलनले २५ भदौसम्म बुझाउनु पर्ने कर विवरण र कर संकलनको कामसमेत प्रभावित बनेको व्यवसायीले बताएका छन् ।