काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले हालै एक टेलिभिजन कार्यक्रमको दिएको अन्तरवार्तको संवादलाई लिएर उनी माथि गालीको बर्षा खनिएको छ । उनले दिएको एउटा अभिव्यक्तिलाई लिएर राजसंस्था समर्थकहरु उनीमाथि खनिएका छन् ।

एउटा अन्तरवार्तामा सुरक्षालाई पूर्वनवयुवराज हृदयन्द्र शाहको तस्बिर देखाएर उनको विषयमा टिप्पणी गर्न लगाइएको थियो । सुरक्षाले भनिन्, ‘ग्रान्ड चाइल्ड अफ किङ‘ पारसको छोरो होइन ? के रे नाम ?’

उनले नाम भन्न सकिनन् । कार्यक्रम प्रस्तोताले नाम बताइदिएपछि सुरक्षाले उनलाई एउटा सेलिब्रिटीजस्तो चित्रण गर्न खोजिन् । ‘उहाँको ठूलो फ्यान छ नि दाइ‘ योङ्स्टर नानी केटीहरुको (हाँस्दै) । धेरैले उहाँलाई मन पराउनुहुन्छ, हाहाहा‘’, खिसिट्युरी भावमा उनले भनिन् ।

‘केही राजनीतिकर्मीले उहाँलाई राजा बनाउनुपर्छ पनि भनेका छन् नि ?’, अर्को प्रश्न सोधियो । सुरक्षाले त्यो सम्भावनालाई इन्कार गरिन् ।

‘राजा त अब‘ राजा बनाउने व्यवस्था त कहाँ हामीले स्वीकारेकै छैनौं, कस्तो राजा हाहाहा‘ । आइ थिंक पहिलेको राजपरिवारहरु स्पोट्र्समा बढी रुचि राखेको मैले थाहा पाएको थिएँ । उहाँ पनि कुनै स्पोट्र्समा इन्भल्भ हुन सक्नुहुन्छ । फिल्ममा पनि धेरै जनासँग राम्रो जोडी देख्छ उहाँको । अभिनय चाहिँ आउनुपर्यो, यत्तिकै त कसले एक्सेप्ट गर्छ र’, उनले कटाक्ष गर्दै भनिन् ।

अन्तरवार्ताको यो क्लीप अहिले टिकटकमा भाइरल भइरहेको छ । पूर्वराजपरिवारको सदस्यलाई मर्यादाहिन तरिकाले खिसिट्यूरी गरेको आरोप राजसंस्था समर्थकहरुको छ ।

अभिनेत्री सुरक्षा पन्त अभिनीत नयाँ फिल्म ‘खेल’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । प्रदर्शनमा आउन लागेको फिल्म ‘खेल’कै प्रचार प्रसारको सिलसिलामा उनी अन्तरवार्तामा पुगेकी थिइन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *