


पोखरा ।
चलचित्र ‘लाज शरणम्’ बाट चलचित्र अभिनयमा कमब्याक गरेका सितारामले अर्को चलचित्रमा अनुबन्ध भएका छन्। वसन्त निरौलाको निर्देशनमा तयार हुने चलचित्र ‘पाँच पाण्डव’ उनीसँगै कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ पनि अनुबन्धित भएकी छिन्।
सानो पर्दाको हिट यो जोडी पछिल्लो समय चलचित्र ‘सेन्टी भाइरस’ मा एकसाथ देखिएका थिए । यो चलचित्र करिव पांच बर्ष अगाडी रिलिज भएको थियो। औपचारिक घोषणा नभएपनि चलचित्रले निर्माण इजाजत चलचित्र विकास बोर्डबाट लिईसकेको छ ।
