पोखरा । पोखरा, ८ स्थित सृजनाचोकमा रहेको ‘ढावा रेष्टुरेन्ट एण्ड बार’ मा प्रहरीको डिएसपि हुँ भन्दै अभद्र व्यवहारमा संलग्न एक जना व्यक्ति पक्राउ परेका छन्।

वैशाख ७ गते राति करिब १० बजे ३२ वर्षीय चन्द्रकान्त पौडेलले आफुले मागे अनुसारको खानेकुराहरु खाए पश्चात आफू डिएसपी भएको भन्दै पैसा नतिरी काउन्टरमा रहेको कर्मचारी माथी अभद्र व्यवहार गरेका थिए।

बाग्लुङ नगरपालिका वडा नम्बर ४ कुडुलेफेदी घर भएका पौडेललाई घटनाबारे जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *