


पोखरा । मौलिक लोकदोहोरी गीत ‘नबोली नबोली’ सार्वजानिक भएको छ । बहुचर्चित गायिका शान्तिश्री परियार र कृष्ण सुवेदीको आवाजमा रहेको गीतमा चर्चित सर्जक दिपक अधिकारीले सिर्जना गरेका हुन् । गीतमा सन्तोष सुवेदीको संगीत रहेको छ ।
प्रेमिल भाव झल्कने उक्त गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक प्रविन थापाले निर्देशन गरेका हुन् । राजेश घिमिरेले खिचेको उक्त भिडियोमा पोखराका रमणीय दृश्यहरु देख्न सकिन्छ । भिडियोमा चर्चित मोडल सरिता दानकुटी र अर्जुन देवकोटाले कम्मर मर्काएका छन् । उक्त भिडियोलाई चर्चित गायिका तुलसी क्षेत्रीको अफिसियल युटुवबाट सार्वजानिक गरिएको छ ।


मौलिक गीतलाई दर्शकले रुचाउने यस गीतका गायक कृष्ण सुवेदीले बताएका छन् । प्रवासमा रहेका गायक सुवेदीले यसअघि ‘अब ढिला भइसक्यो’ बोलको रोइला गीत निकालेका थिए ।
