


पोखरा । साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मोहर’ को केही फोटाहरु सार्वजानिक भएका छन् ।
निर्माणपक्षले फिल्मका मुख्य नायक पल शाहको केही तस्वीरहरु सार्वजनिक गरेको छ । जहाँ, पल लामो कपाल पालेको अवतारमा छन् । उनको हातमा भरुवा बन्दुक समेत छ । यसले, पलको भूमिका कस्तो होला भन्ने कौतुहलता दर्शकमा पैदा हुने देखिन्छ । फिल्मको कथावस्तुको बारेमा निर्माणपक्षले केही पनि बोलेको छैन ।


फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशील देवकोटा र बाल–कलाकार सारा शर्माको अभिनय छ ।
