काठमाडौं । वेब सिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंको दरबारमार्ग राइजिङ मलस्थित क्युएफएक्समा अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलरसँगै गीत ‘बदमास’को पनि सार्वजनिक गरिएको हो ।

बिमलेश अधिकारी निर्देशित यस सिरिजको सार्वजनिक ट्रेलरमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ(इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ ।

ट्रेलर सार्वजनिक पछि निर्देशक अधिकारीले एउटा नेपाली अमेरिका बस्दै गर्दा उसको दैनिक जीवनमा घट्ने घट्नाहरु कस्तो हुन्छ भन्ने कुरा पर्दामा देखाउने उद्देश्यले सिरिज बनाएको बताए । १२ एपिसोडमा निर्माण भएको यस सिरिज बैशाख १४ गते देखि रिलिज हुने पनि उनले जानकारी गराए ।

उनले भने, ‘एउटा नेपाली अमेरिका बस्दै गर्दा उसको दैनिक जीवनमा घट्ने घट्नाहरु कस्तो हुन्छ । अमेरिकाको बसाईको क्रममा केके भोग्छ भन्ने चिज पर्दामा आउन जरुरी छ । एउटा कथा बन्न जरुरी छ भनेर सोच्दै गर्दा यो कन्सेप्ट दिमागमा आगएर यो प्रोजेक्ट बनाएको हुँ । यो पूरा गर्न लगभग एक वर्ष लाग्यो । बैशाख १४ गते रिलिज हुँदै छ । १२ एपिसोड छ । हेदिर्नुहुन्छ र सुझाव दिनुहुन्छ भन्ने आशा गर्दछु ।’

यस सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन् । यस सिरिजमार्फत अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि कमब्याक गरेकी हुन्। सिरिजमा अरुणिमा, बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, र रोजिना थापा मुख्य भूमिकामा छन्। यसको  सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा गरिएको हो .

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *