पोखरा । मानव सेवा फाउण्डेसन नेपाल पोखराको आयोजनामा राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ अन्तर्गत माध्यमिक विद्यालय (कक्षा ८–१२) स्तरीय राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको हो । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा आगमी जेठ १ गतेदेखि २५ गतेसम्म हुने आयोजकले जनाएको छ ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार एक सय ५१, द्धितीय हुनेलाई ४१ हजार एक सय ४१, तृतीय हुनेलाई ३१ हजार एक सय ३१ रुपैयाँ पुरस्कार रहेको छ । साथै, प्रशंसनीय पुरस्कार स्वरुप २१ हजार एक सय २१ रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितामा भाग लिने कास्की जिल्ला भन्दा बाहिरका विद्यार्थीहरुलाई आउने र जाने भाडाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *