पोखरा । नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ले दुई फिल्म ‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ रिलिज गरेको छ । दुवै फिल्म २०८१ को बक्स अफिसमा सफल भएका फिल्म हुन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको ‘बोक्सीको घर’ले नेपाली समाजमा विद्यमान बोक्सी कुप्रथाको कथा उठाएको छ । केकी अधिकारी, सुपला सापकोटा, रमा थपलिया, सुलक्षण भारती लगायतको अभिनय गरेको फिल्मले बक्स अफिसमा १० करोडमाथिको कमाइ गरेको थियो । फिल्ममा समावेश ‘बुझिनँ मैले’ बोलको गीत निकै चर्चित छ ।

यस्तै, उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको ‘मनसरा’ले ग्रामीण जीवनको संवेदनशील पक्षहरूलाई उजागर गरेको छ । यसमा दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान, प्रवीण खतिवडा लगायतको अभिनय रहेको छ । साढे चार करोडमाथिको व्यापार गरेको फिल्मले काठ क्षेत्रका गरिखाने वर्ग र उनीहरूको सम्बन्धको आयामलाई प्रस्तुत गरेको छ ।

सिनेमाघरको एपमा यसअघि ‘कबड्डी ४’, ‘डिग्री माइला’, ‘पशुपति प्रसाद २’, ‘जारी’, ‘महापुरुष’, ‘घरज्वाइँ’, ‘प्रेमगीत ३’, ‘चपली हाइट ३’, ‘पानीफोटो’, ‘प्रेमगञ्ज’, ‘मंगलम’ जस्ता फिल्म रिलिज भइसकेका छन् । यसमा फिल्म हेर्न २ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *