Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

तिनाउ नदी बाढी बढेपछि शतर्क हुन आग्रह

बुटवलस्थित तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका बासिन्दालाई शतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान एक सूचना जारी गरी असोज १ गते बिहान ७:५० बजे तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई शतर्क रहन आग्रह गरेको हो ।

तिनाउ नदीमा बाढी बढिरहेको भन्दै विभागले मोबाइलमा एसएमएस पठाएर पनि नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई शतर्क रहन आग्रह गरेको छ ।
पाल्पा, रूपन्देही लगायत आसपासका क्षेत्रमा विगत केही दिन यता वर्षा भइरहेको छ भने गत रातिदेखि निरन्तर वर्षा जारी छ ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.