पोखरा । अभिनेता जितु नेपाल एकपछि अर्को फिल्ममा आबद्ध भइरहेका छन् । यस वर्ष ‘ज्वाइँ साब’ र ‘कार्साङ’मा देखिएका उनले एक महिनाअघि फिल्म ‘परालको आगो’ सम्झौता गरेका थिए । अब उनी अर्को फिल्म ‘कार्की साइँला’मा अनुबन्ध भएका छन् । उनी उक्त फिल्ममा मुख्य भूमिकामा देखिदैछन् ।

कर्ण बहादुर फिल्मसको व्यानरमा निर्माण हुन लागेको फिल्ममा जितुबाहेक अरु कलाकार निश्चित भएका छैनन् । फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गर्दैछन् । फिल्मले ग्रामीण जीवनको कथा भन्नेछ । भुइँमान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिने जनाइएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *