Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

गुल्मीमा विषालु च्याउ खाँदा ६ जना बिरामी

गुल्मीको गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा विषालु जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जनासहित ६ जना बिरामी भएका छन् ।

बिरामी पर्नेहरूमा ८३ वर्षीया केरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया एलिना रजाली, १३ वर्षीयाा बिपना रजाली, १० वर्षीय किरण रजाली र छिमेकी ३६ वर्षीया बिपना रजाली रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी गंगाबहादुर सारुले जानकारी दिए ।

बुधबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरूलाई अचानक पेट दुख्ने, वाकवाकी हुने र बान्ता हुने समस्या देखिएको थियो ।

प्रारम्भिक उपचारका लागि उनीहरूलाई सुभ सारथी मेडिकल, मजुवामा पुर्‍याइएको थियो ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.