


पोखरा । फिल्म ‘कल्ली’को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला जुम्लामा यतिबेला उक्त फिल्मको छायांकन भइरहेको छ ।
सार्वजानिक लुक्समा उनलाई शिरमा सेतो पगरी बेरेर घरबाहिर आराम गरिरहेको देख्न सकिन्छ र एक युवतीले उनको खुट्टा मोलिरहेको देखिन्छ । उनको लुक्स हेर्दा फिल्ममा प्रभावशाली चरित्र रहेको बुझ्न सकिन्छ ।


लक्ष्मण सुनारको निर्देशनमा तयार भइरहेको फिल्ममा अर्पणसहित उत्तम प्रधान, सौगात मल्ल, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य (मुन्नी), गीता अधिकारी, कुलदीप अधिकारी लगायतको अभिनय छ ।
