पोखरा । चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पिताम्बर’ को एक्सनप्रधान ट्रेलर सार्वजानिक गरिएको छ । ३ मिनेट १६ सेकेण्ड लम्बाइको ट्रेलरले फिल्म महिलामाथि हुने अत्याचारको कथामा बनेको प्रष्ट पार्छ । पिताम्बर पात्र अर्थात् प्रदीप खड्काले आमामाथि भएको अन्यायको बदला लिन गरेको संघर्षको वरिपरि ट्रेलर घुमेको छ ।उनलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

उनको अभिनेता सौगात मल्लसँग पनि घम्साघम्सी परेको छ । अभिनेता दयाहाङ राई भने प्रहरीको भूमिकामा छन् । ट्रेलर हेर्दा एक्सनप्रति रुचि हुने दर्शकलाई फिल्मले आकर्षित गर्न सक्ने देखिन्छ ।

फिल्ममा अनुपविक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरीलगायत नकारात्मक भूमिकामा देखिएका छन् । अभिनेत्री दिव्या रायमाझी, सुपुष्पा भट्ट र सुरक्षा पन्तलाई भने ट्रेलरमा थोरै दृश्यमा मात्र देखाइएको छ । कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म नेपालभर आरआर फिल्मस्ले वितरण गर्दैछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *