काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् ।

मेयर शाहले सामाजिक सञ्जालमार्फत् सरकारकै दम्भका कारण विगत ३ महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताउँदै यस्तो चेतावनी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले, । को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु । त्यो पछि हेरौंला तिमीहरूको के के तन्त्र हो ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *