


पोखरा । पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ । २३ औं अध्यक्षका लागि अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै अध्यक्षमा निर्वाचित भएका छन् । नेविसंघका सुशील न्यौपानेले ५०३ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४६९ मत प्राप्त गरिन् ।
अध्यक्षमै अखिल (क्रान्तिकारी) का नवीन अधिकारीले २२३, संयुक्त प्यानलका सन्तोष पौडेलले १९६, स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ९९, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका दिप्सन गुरुङले ७६ र अखिल (छैटौं) का मिलन सुनारले २८ मत प्राप्त गरे । निर्वाचनमा कुल मत २८९५ खसेको थियो ।


सचिवमा बिराट दुवाडीले १४१३ मत पाए भने कोषाध्यक्षमा सन्दीका गुरुङले १३०४ मत पाइन । प्रत्यक्षतर्फ ८ सदस्यमा अनेरास्ववियुका एलिशा भट्टराईले ११८७, सुशील अधिकारीले १२३५, विशाल लम्सालले १२८२, प्रचण्ड शक्ति गुरुङले १२५८, वृषभ चालिसले १२२६, अनुजराज अधिकारीले १२३७, जमुना शर्माले १२५४ र सुजन शर्मा सापकोटाले ११९६ मत प्राप्त गरी अनेरास्ववियुको प्यानलनै विजयी भएको छ ।
