पोखरा । सलमान खान र रश्मिका मन्दाना स्टारर बलिउड फिल्म ‘सिकन्दर’को ट्रेलर सार्वजनिक भएको छ ।

३ मिनेट २७ सेकेण्डको ट्रेलरमा सलमान देशका रक्षक बनेका छन् । ईदको अवसरमा आगामी आइतबार रिलिज हुने यो फिल्मलाई लिएर फ्यान उत्साहित छन् ।

भ्रष्टलाई बाटोबाट हटाउनेदेखि मान्छेको मन जित्ने कार्य गर्ने चरित्रमा सलमान देखिएका छन् । रश्मिकाको पात्रको मृत्युपछि भने यो पात्र हिंस्रक बन्दै गएको देख्न सकिन्छ ।

एआर मुरुगादास निर्देशित एक्सन र रोमान्सले भरिपूर्ण रहेको टे«लरमा देख्न सकिन्छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *