


पोखरा । मेला महोत्सवमा पहिलो रोजाईका कलाकार हुन दुर्गेश थापा । पछिल्लो ‘दुश्मन हेरेको हेरै’ गीत सार्वजानिक भएपछि उनलाई एक दिनपनि खाली बस्नु परेको छैनन् । सामाजिक सञ्जाल देखि हरेक प्लेटफर्ममा दुर्गेशको यो गीत हिट छ । पछिल्लो एक महिनामा मात्र उनी २२ वटा बढी स्टेज कार्यक्रम देखिए ।
स्टेजमा पहिलो नम्बरको रोजाइमा परेका दुर्गेशले आफ्नो कार्यक्रम केहि समयका लागी रोकेका छन् । उनले चैत ७ गतेबाट हुने एसइइ परीक्षा अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा गरेका छन् । दुर्गेशका दर्शक धेरै युवा पुस्ता रहेका छन् । यसैलाई लक्षित गरेर दुर्गेशले यो परिक्षा सञ्चालन अवधिभर कुनै पनि ईभेन्ट, महोत्सव र कन्सर्ट नगर्ने घोषणा गरेका छन् ।


विद्यार्थीको पढाई असर पर्ने जाने भन्दै उनले परीक्षा केवल अंक ल्याउने मात्र नभएर मेहनत र इमान्दारीताको परीक्षा रहेको भन्दै सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना दिएका छन् ।
