


पोखरा । महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित फिल्म ‘अञ्जिला’ हेर्न र प्रचारमा सघाउन अखिल नेपाल फुटबल संघ (एन्फा)ले आग्रह गरेको छ ।
सात प्रदेश तथा ४८ जिल्ला फुटबल संघ, ए, बी र सी डिभिजन क्लबहरुलाई चलचित्र हेर्न परिपत्र गरिएको छ । नजिकको हलमा सामूहिकरुपमा फिल्म अवलोकन गराउन, जनमानसमा प्रोत्साहन जगाउनको लागि फिल्मको पोस्टर, भिडियो, क्लिप सामाजिक संजालमा सेयर गर्न एन्फाको आग्रह छ । एन्फा महासचिव किरण राईले धेरै भन्दा धेरै दर्शकमाझ फिल्म पुर्याउन आग्रह गरेका छन् ।


खेल क्षेत्रलाई हौसला प्रदान गर्ने गरि फिल्म निर्माण गरेकोमा एन्फाले निर्मातालाई धन्यवाद समेत दिएको छ ।
एन्फाको पत्र–
