काठमाडौँ । गत साता रिलिज भएको फिल्म ‘होस्टेल ३’को गीत ‘रक अन’ सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्म रिलिज भएपनि गीत सार्वजनिक गरेको हो । गीतले फिल्मको प्रचारमा बल पुग्ने अपेक्षा रहेको निर्देशक सशान कँडेलले बताए ।

गीतमा फिल्मका मुख्य कलाकार पारस बम ‘कुलब्वाय’ र रिहान गिरीको साथमा समीर काजीको स्वर छ । महेश ज्ञवालीको शब्द तथा संगीत रहेको गीतमा योगेश काजीले एरेन्ज गरेका हुन् ।
फिल्मले पहिलो साता हप्ता नेपालमा मात्र ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको बताइन्छ । फिल्म नेपालबाहिर मध्यपूर्व, अस्ट्रेलिया लगायतका देशहरूमा समेत प्रदर्शनमा छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *