पोखरा । गायिका समीक्षा अधिकारीले ‘पानबुट्टे रूमाल’ बोलको गीत सार्वजनिक गरेकी छन्।

उनको एकल स्वर रहेको गीतको भिडियोमा पनि समीक्षाले अभिनय गरेकी छन्। भिडियोमा समीक्षा कलाकार अनुभव रेग्मीसँग देखिएकी छन्। अधिकारीले आफ्नै युट्युब च्यानलबाट भिडिओ सार्वजनिक गरेकी छन् ।

समीक्षाले अनुभव अभिनीत फिल्म ‘नाइँ नभन्नू ल–५’ मा समावेश गीत ‘बालापनको उमेर’ बाट गायनमा पाइला चालेकी थिइन्।

‘पानबुट्टे रूमाल’ गीतको शब्द तथा संगीत राजनराज सिवाकोटीको हो। गीतको संगीत संयोजक सञ्जीव बराइली हुन्। गीतमा प्रेम र विछोडका कुरा गरिएको छ।
शनिबार सार्वजनिक गीतले युट्युबमा राम्रो भ्युज पाइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *