



पोखरा । नेस्नल हार्ट एन्ड लन्स सोसाइटी नेपालको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन (इन्टरभेसन मिट) हुने भएको छ । सम्मेलन जेठ २४ गते पोखरा ग्रान्डमा हुने सोसाइटी नेपालका सदस्य डा. नवराज पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार सम्मेलनमा नेपालभर लगायत छिमेकी राष्ट्र भारतबाट गरी एक सय ५० जना मुटु रोग सम्बन्धी मुटु रोग विशेषज्ञ सहभागीता रहनेछ । ‘सम्मेलनमा विशेषत मुटु रोग विशेषज्ञहरु, वरिष्ठ फिजिसियन, मृगौला, फोक्सो, न्यूरो सबन्धी रेडियोलोजी विज्ञको उपस्थित रहनेछ,’ उनले भने ।


सम्मेलनमा ४० जना डाक्टरहरुले शोधपत्र समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको पौडेलले बताए । पर्यटकीय राजधानी सहर पोखरामा पहिलो पटक गरिएको सम्मेलनलाई विशेष मानिएको उनको भनाई छ ।
