


पोखरा । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले चलचित्र जाँच समितिमा कला बुझेको मान्छे राख्नुपर्ने बताएका छन् । रिलिजको मुखमा फिल्मको अनाश्यक काँटछाट गरिनुप्रति उनले आपत्ति जनाएका थिए ।
पछिल्लो समय ‘राजागन्ज’ फिल्मलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै सार्वजानिक समारोहमा बोलेको अभिव्यक्तिलाई हटाउन समितिले निर्देशन दिएको थियो । माजका कुरा व्यक्त गर्दा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको उनको भनाइ थियो । राजनीतिक नियुक्ति पाएका सबै सेन्सर बोर्डका ‘ननसेन्सर’ सदस्यलाई हटाएर कला बुझेको मान्छे नियुक्त गर्न उनले ध्यानाकर्षण गराए ।


यता फिल्मकर्मीहरुले सरकारले फिल्मप्रति लगाउने ‘सेन्सरसिप’ विरुद्ध बैशाखदेखि आन्दोलन गर्ने तयारीमा छन् । यसका लागि निर्देशक मनोज पण्डितको संयोजकत्वमा ‘सेन्सरसिप आतंकविरुद्ध आन्दोलन समिति’ पनि गठन गरेका छन् । समितिमा पण्डितसहित फिल्मकर्मी नवीन सुब्बा, दीपकराज गिरी, अशोक शर्मा, दयाहाङ राई, दीपेन्द्र लामा, गणेशदेव पाण्डे, विनोद पौडेल, दीपक रौनियार लगायत छन् । उनीहरुले २०८२ साल सेन्सरसिपविरुद्ध संघर्षको वर्ष हुने बताएका छन् ।
