पोखरा । विपिन कार्की अभिनित फिल्म ‘कर्मा’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट लामो टिजरमा अभिनेता विपिन कार्की एक्सन अवतारमा देखिएका छन् । विपिनको यो पहिलो एक्सन फिल्म हो ।

एक पात्रले आर्मी बन्न गरेको संघर्ष र त्यस क्रममा उसको जीवनमा घट्ने विभिन्न घटनाक्रमलाई फिल्मले मुख्य कथावस्तु बनाएको संकेत टिजरले गर्छ । ‘कर्मा’लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । यसअघि उनले ‘अगस्त्य’ निर्देशन गरेका थिए ।

टिजरमा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत लगायतलाई देख्न सकिन्छ । विपिन र उपासनाको यो पहिलो सहकार्य हो ।‘कर्मा’लाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज सिनेमाले वितरण गर्नेछ । फिल्म चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *