पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुसम्मको उडान सुरू गर्न नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एअरलाइन्स, चाइना ट्राभल इन्टरनेशनल छेन्दु, र चाइनीज ओभरसिज एसोसिएसनको सहकार्यमा पहल गरिएको हो।

चैत्र ५ मा पहिलो चार्टर उडान पोखरा विमानस्थलमा अवतरण गर्नेछ, जसमा १२७ चिनियाँ पर्यटक रहनेछन्। सोही दिन १२७ जना नेपाली पर्यटन व्यवसायी छेन्दु प्रस्थान गर्नेछन्। सात रात आठ दिनको भ्रमणमा छेन्दु, लुझोउ, इमि, लिसन, र छोङछिङका पर्यटन प्रवर्द्धन गतिविधिहरू गरिनेछ। मार्च १९ र २२ मा छेन्दु र छोङछिङमा कार्यक्रम हुनेछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित उडानतर्फ लैजान र चिनियाँ पर्यटक भित्र्याउन यो महत्त्वपूर्ण कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *