


पोखरा । अभिनेता सुशील श्रेष्ठको पाँच वर्षपछिको कमव्याक चलचित्र ‘आउट लः दफा २१९’ को ट्रेलर सार्वजनिक भएको छ । होलीको अवसर पारेर यही फागुन २९ गतेबाट रिलिज हुन लागेको यो सिनेमाको ट्रेलर सार्वजानिक गरिएको हो ।
एक्सन र सस्पेन्स पर्याप्त देखिएको ट्रेलर मोस्ट वान्टेड क्रिमिनल’ घोषणा गरेको एक पात्रको वरिपरि घुमेको देखाइएको छ । सिनेमामा एक्सनलाई फरक शैलीमा प्रस्तुत गरिएको ट्रेलर देख्न सकिन्छ । विक्की महर्जनको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुशीलका अलावा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारीलगायत कलाकारको अभिनय छ ।


