पोखरा । पोखरा ११ फुलबारीमा रहेको पिनाकल एकेडेमीले ९औं अभिभावक दिवस पुरस्कार वितरण तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत कृष्ण प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा होप एण्ड फेथका एमडी डा. लल्लुरा,संस्थागत तथा निजी विद्यालय संगठन युनिप्स नेपालका महासचिव रोसन कोइराला, अध्यक्ष विश्वराज आचार्य, कृष्णमाया घताने थापाले शुभकामना मन्तव्य दिएका थिए ।

एकेडमीका प्रिन्सिपल कमल थापाले विद्यालयको अवस्था र भावी योजनाको बारेमा प्रष्ट पारेका थिए । प्रेम शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कृष्ण पोख्रेल, रमिसा थापा र मनिसा गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा कक्षा ४ देखि १० सम्मका प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थीले विभिन्न भेषभुषा झल्कने पहिरनसँगै नृत्य, गायन, काता, नाटक प्रस्तुत गरेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *