पोखरा । गायिका समीक्षा अधिकारीलाई सम्मान गरिएको छ । सिधिङ युनाइटेड युथ क्लबको आयोजनामा माघ ३० गते देखि सिधिङ खेलमैदानमा जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा गायिका अधिकारीलाई सम्मान गरिएको हो ।

नेपाली गीत संगीतको माध्यम बाट राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा आफ्नो अलग पहिचान बनाउन सफल माछापुच्छ्रे गाउँपालिकाका जन्मेकी गायिका अधिकारी सिधिङ कप विशेष सांस्कृतिक कार्यक्रममा प्रस्तुतिका लागि आएकी थिइन ।

अधिकारीलाई सानै उमेर,छोटो समयमा कलाकारिता क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल एक अब्बल,निडर र साहसी कलाकारका रूपमा मुल्यङकल गर्दै सम्मान गरिएको माछापुच्छ्रे गाउँपालिका वडा नं –९ ,का वडा अध्यक्ष हरि बहादुर क्षेत्री (राजेन्द्र)ले बताए । समीक्षाको कलाकारिता क्षेत्रको महत्त्व बुझेर थप हौसला दिन र समाजमा सन्देश छर्नका लागि सम्मान गरिएको उनले बताए ।

अधिकारीले गायनको सिलसिलामा आफू जहाँ भएपनी,जहाँ गएपनि आफ्नो जन्मभूमिको माया सधै मनमा रहिरहने बताइन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *