Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

यु एण्ड मि रेष्टुरेन्ट छैठौं वर्षमा प्रवेश

पोखरा ।
पोखरा १० बुद्धचोकमा अवस्थित यु एण्ड मि रेष्टुरेन्ट एण्ड बार छैठौं वर्षमा प्रवेश गरेको छ । छैठौं वर्ष प्रवेशको अवसरमा माघ १० गतेदेखि १२ गतेसम्म विविध साँस्कृतिक साँझ कार्यक्रम गरी मनाउन लागिएको रेष्टुरेन्टका कार्यकारी निर्देशक शिव सुवेदीले जानकारी दिए ।

उनका अनुसार साँस्कृतिक साँझमा लोक दोहोरी गायक रवि कार्की, कृष्ण अखेली, नारायण पौडेल, सन्तोष सुवेदी, सम्झना गदाल, माया सेन्चुरी र शान्ता बर्देवाको प्रस्तुति रहनेछ । साँझ ५ बजेबाट सुरु हुने साँस्कृतिक साँझ राति १० बजेसम्म चल्ने सुवेदीले बताए । उनका अनुसार साँस्कृतिक साँझमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

स्वदेशमै व्यवसाय गर्नुपर्छ भन्ने मन तथा चिन्तनका साथ स्थापित व्यवसाय अन्तर्गत उनले रेष्टुरेन्ट मात्र नभइ पार्टी प्यालेस साथै कारवास पनि सञ्चालन भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.