


काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पुनः गीत गाएका छन्। दुई वर्षअघि, उनले महानगर प्रमुख पदमा उम्मेदवारी दिँदा “गाइत बाँध्यो ढुम्रोमा, मौई छैन मौही छैन, गरिबको चमेली बोलिदिने कोही छैन” भन्ने गीत गाएका थिए। त्यो गीत अत्यधिक चर्चित भयो र बालेनको लोकप्रियता अझै बढ्यो।
तर, मेयर भएपछि बालेनले गीत गाउन छाडे र आफ्नो ध्यान काठमाडौंको विकास र सुधारमा लगाए। अहिले भने उनले पुनः एउटा देशभक्तिपूर्ण गीत गाएका छन्, जुन नेपाली चलचित्र “लाज शरणम्” को प्रमोशनल गीत हो। यस गीतमा बालेनको आवाज समावेश गरिएको छ, जसले फिल्मलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।


यसरी, बालेनको पुनः गीत संगीतमा फर्किएको यो पहलले फिल्म तथा सांगीतिक क्षेत्रमा समेत उत्साह जगाएको छ। बालेनको आवाजमा फिल्म ‘लाज शरणम’को ओर्जिनल साउन्ड ट्रयाक ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ । फिल्मको प्रचारप्रसारको लागि यो गीत प्रयोग हुने जनाइएको छ ।
बालेनको युट्युव च्यानलबाट सार्वजनिक गीतमा उनको आफ्नै स्वर, संगीत र शब्द छ । वैदेशिक रोजगारीको दुःखान्त अवस्थालाई भिडियोमा चित्रण गरिएको छ । गीतमा चाहिँ बालेनले नागरिकको रुपमा आफूले समृद्ध मुलुक हेर्न चाहेको कुरा वर्णन गरेका छन् । गम्भीर विष्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिश निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय छ । काठमाडौं महानगरको प्रमुख भएपछि पहिलोपटक यो गीत सार्वजनिक भएको हो । बालेनसँग भएका २२ वटा म्युजिक क्याटालगमध्ये एकजनालाई छनोट गरेर गीत ल्याइएको जनाइएको छ । गीतले फिल्म ‘लाज शरणम’को हाइप बढाउने विश्वास निर्माताको छ । फागुन १४ गते शिवरात्रीको दिनमा रिलिज हुने फिल्मलाई टिभी सिरिज ‘सक्किगो नि’को निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको हो ।
कुमार कट्टेल निर्देशित फिल्ममा सीताराम कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बुको अभिनय छ । निर्मातामा नवीन श्रेष्ठ, रामनरेश शाह र सृजना खड्का सहनिर्माताको रूपमा छन् ।
