Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

मंसिर २४ गते । पोखराको लेकसाइडमा सञ्चालनमा आएको लेभल्स क्लबले एक वर्ष पूरा गरेको छ । गत वर्षको मंसिर २७ गतेदेखि व्यावसायिक रूपमा सेवा सुरु गरेको क्लबले छोटो समयमा युवा पुस्ता र रात्रिकालीन मनोरञ्जन चाहनेहरूको प्रमुख रोजाइ बन्न सफल भयो ।

एक वर्ष पूरा भएको अवसरमा क्लबले यही मंसिर २७ गते शनिबार विशेष वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ । क्लबका सञ्चालक अमित रोकाका अनुसार वार्षिकोत्सवमा आन्तरिक तथा वैदेशिक पर्यटकलाई लक्षित गर्दै थप आकर्षक मनोरञ्जनका प्रस्तुति रहनेछन् ।

क्लबमा रेस्टुरेन्टसहितको डिस्को, लाइभ डिजे शो, लोकप्रिय कलाकार निसान पुन, ‘घोरेपानी डाँडैमा गीतका गायक चन्द्र पुन, चर्चित गीत गोरी सुनारेका गायक सम्बोज मल्ल तथा कालरात्री ब्याण्डको विशेष प्रस्तुति रहने सञ्चालक रोकाले जानकारी दिए ।

विदेशबाट फर्किएर नेपालमै व्यवसायको सम्भावना खोज्दै आएका रोकाले यसअघि साझेदारीमा क्लब सञ्चालनको अनुभव बटुलेका थिए । हाल एकल व्यवसायका रूपमा सञ्चालित लेभल्स क्लबले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब ७० जनालाई रोजगारी उपलब्ध गराएको छ । रोका ग्राहकहरूको निरन्तर समर्थनप्रति आभारी रहँदै आगामी दिनमा अझ आकर्षक कार्यक्रमहरू सहित सेवाको स्तर बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनका अनुसार अत्याधुनिक रुफ टप बार पनि यहि आउँदो बार्षिक उत्सबदेखि सञ्चालनमा आउनेछ । लेकसाइडको नाइट–लाइफलाई अझ व्यवस्थित बनाउन क्लबले आफ्नो पहिलो वर्ष उत्साहपूर्ण रूपमा मनाउँदै आगामी वर्ष पनि नविनता र मनोरञ्जनले भरिपूर्ण बनाउने रोकाले जनाए ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.