पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक चौतारीका पुराना वरपीपल लगायत रुखहरू अनधिकृत रूपमा कटान गरी नेपाल ट्रस्टको जग्गामा राखिएका काठदाउराहरु महानगरपालिकाले जफत गरेको छ ।

मानव सेवा फाउन्डेसनको नाममा पोखरामा अनुमति नै नलिई गर्न लागिएको भनिएको महिनौँ दिन लामो कोटीहोमका लागि ती काठजन्य सामाग्रीहरू जोहो गरिएको बताइन्छ ।

ऐतिहासिक चौतारीहरू मासेर गर्न लागिएको उक्त कोटीहोम राज्यको कुनै पनि निकायबाट अनुमति नलिइएको र नगर क्षेत्रका रुखहरू कटान गर्ने सन्दर्भ समेत महानगरपालिकाबाट अनुमति नलिइएको पाइएपछि महानगरीय प्रहरी बलका प्रमुख नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाको नेतृत्वमा पुगेको टोलीले सय टन बढी काठदाउराहरु नियन्त्रणमा लिई जफत गरेको हो । जफत गरिएका काठदाउराहरु महानगरपालिकाले सुरक्षित स्थानमा राखेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *