पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वनि प्रदूषण फैलाउँदै हिँड्ने स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका प्रहरी इकाइहरू तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले पुस १४ गतेदेखि २० गतेसम्म चेकजाँच अभियान सञ्चालन गर्दा ती सवारी साधनहरू नियन्त्रणमा लिएको हो। आवश्यक कारबाहीका लागि ती मोटरसाइकल यातायात व्यवस्था कार्यालय, पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

यसैबीच, प्रहरीले सवारी ध्वनि प्रदूषण नियन्त्रणका लागि आम नागरिकलाई पनि सहयोग गर्न आग्रह गरेको छ। यदि कसैले स्वरुप परिवर्तन गरी मोटरसाइकल चलाएको देखेमा तत्काल जिल्ला प्रहरी कार्यालयको १०० वा जिल्ला ट्राफिक प्रहरी कार्यालयको १०३ नम्बरमा टेलिफोन गरेर जानकारी गराउन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले बताए ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *