Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

दशैंमा लागेका तीन चलचित्रको कमाई कति ?

पोखरा । चलचित्र विकास बोर्डले असोज १३ गतेदेखि प्रर्दशनमा आएका तीन फिल्मको व्यापारिक आँकडा सार्वजानिक गरेको छ । बोर्डले ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुर’को ८ दिनको कमाइ सार्वजानिक गरेको हो । ८ दिनमा तीन फिल्मले ९ करोडभन्दा बढीको ग्रस कमाइ गरेका छन् ।

तीन फिल्ममध्ये सबैभन्दा बढी कमाइ ‘बलिदान’ले गरेको छ । यसले १ लाख १९ हजार ५ सय ६१ वटा टिकट बिक्री गर्दै ३ करोड ७५ लाख ५३ हजार २ सय ५१ रुपैयाँ कमाएको छ । ‘हरिबहादुरको जुत्ता’ कमाइको हिसाबले दोस्रो स्थानमा छ । ९० हजार ९ सय ४७ वटा टिकट बिक्री गर्दै यो फिल्मले ३ करोड २१ लाख ७० हजार १ सय ६० रुपैयाँ कमाइ गरेको छ ।

त्यस्तै, ‘माइतीघर’ले २ करोड १३ लाख ६४ हजार ६ सय ९२ रुपैयाँ कमाएको छ । यसको ८ दिनमा ६८ हजार ३२ वटा टिकट बिक्री भएको बोर्डले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । बोर्डका अनुसार यो व्यापारिक रिपोर्ट वार्षिक अध्यावधिक भएका हलहरुको हो । यसबाहेक कुनै स्थानमा फिल्म प्रदर्शन भएको पाइएमा कारबाही गरिने बोर्डले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

  • पोखरामा 18D सिनेमा सञ्चालन

  • यु एण्ड मि रेष्टुरेन्ट छैठौं वर्षमा प्रवेश

  • मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा बि.क.लाई

  • आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

  • मिडटाउनमा झरी पछिको इन्द्रेणीको शो थपियो

  • पोखरामा ‘झरी पछिको इन्द्रेणी’ले पाएन शो

  • आशिष दियालीको शब्द र संगीतमा ‘झरी’

  • लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.