पोखरा । डाँडाघरे दोहोरी साँझले दोस्रो वार्षिकोत्सव मनाउन लागेको छ । साँझले यही असोज २५ गतेदेखि २९ गतेसम्म वार्षिकोत्सव तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
वार्षिकोत्सव कार्यक्रममा चर्चित कलाकार विष्णु खत्री, शिव हमाल, कुलेन्द्र विक, श्याम राना, माया गुरुङ र मनसरा रोकाको साँगीतिक प्रस्तुति रहनेछ भने नितु गुरुङ, पूजा गुरुङ, कृतिका आले, सोफिया गुरुङ, नेहारिका गुरुङ, युना पुन, दिपना पुन र विपना पुनको आकर्षक नृत्य रहने साँझका सञ्चालक होम गुरुङले जानकारी दिए ।
उनका अनुसार चर्चित कलाकारको साथमा दोहोरी साँझमा आवद्ध नियमित कलाकारको पनि दैनिक प्रस्तुति रहनेछ । कार्यक्रम साँझ ८ बजेदेखि बिहान ३ बजेसम्म सञ्चालन हुनेछ ।