पोखरा । फिल्म ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो फिल्मको बुधबार बेलुकी सेन्सर भएको हो ।
अब, यो फिल्मलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् । असोज १३ गते फूलपातीको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मले व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।
फिल्म कमेडी, पारिवारिक र भावनासँग जोडिएको भन्दै सेन्सरका कर्मचारीहरूले तारिफ गरेको निर्माणपक्षले बताएको छ । फिल्मका निर्माता रोहित अधिकारीले पनि दर्शक यसपटक निराश नहुने बताउँदै आएका छन् ।
फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ ।