पोखरा । ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’का लागि शोको लागि २२ घण्टा हल खुला रहने जनाइएको छ । शो व्यवस्थापन गर्न मल्टीप्लेक्सहरूले बिहानको ५ः३० बजेदेखि मध्यरातको ११ः५५ बजेसम्म शो दिएका छन् ।
अन्तिम शो सकिँदा बिहानको ३ बज्नेछ । यसरी हेर्दा फूलपातीदेखि हलहरू २४ घन्टामा झन्डै २२ घन्टा खुला रहनेछन् ।
हलहरूले तीन फिल्मलाई ४५, ३० र २५ प्रतिशतको हिसाबले शो बाँडेका छन् । सबैभन्दा बढी शो ‘बलिदान’ले पाएको छ, जसको शो संख्या देशव्यापी झन्डै २ सय छ । ‘माइतीघर’ले १२० बढी शो पाउँदा ‘हरिबहादुरको जुत्ता’को शो संख्या कुल ११६ छ ।
दशैंमै साउथ फिल्म ‘कान्तारा २’ पनि आउने भएकाले शो बाँडफाँट अझ चुनौतीपूर्ण बनेको छ । यद्यपि, तीन फिल्मका शो तालिका सार्वजनिक भइसकेका छन् ।