काठमाडौं । नितेशजंग कुवँर युवापुस्तामा धेरै सुनिने गायकमध्ये पर्छन् । उनका हिट ट्रयाकमध्ये ‘हाम्रो नेपालमा’ करिअरमा धेरै सुनिने गीत पर्छ ।
जब चाडपर्व आउँछन्, उनको मर्मस्पर्शी गीत ‘हाम्रो नेपालमा’ गुञ्जिन्छ । चाडमा स्वदेश फर्किन नपाएका विदेशिएका नेपालीको मर्मलाई बुनेर नितेशले यो गीत तयार पारेका हुन् ।
६ वर्षअघि रिलिज भएको यो गीतको सान्दर्भिकता अहिले पनि उत्तिकै ताजा छ । हुन पनि उनले विदेशमा बस्ने सबै दाजुभाई र दिदीबहिनीलाई गीत समर्पित गरेका छन् ।
मेरो तन अहिले यहाँ भए नि
मन भने सान्नानी उतै छ हाम्रो नेपालमा
हाम्रो नेपालमा…
बिहीबार यो गीतको भ्यूज युट्युबमा ४ करोड नाघेको छ । दशैं आएसँगै यो गीतको भ्यूजमा वृद्धि भएको देखिन्छ । युट्युब चार्ट्सका अनुसार यो गीत विदेशस्थित नेपाली समुदायमा धेरै गुञ्जिनेमध्ये पर्छ ।
साथै, रिल्स र टिकटकमा समेत पछिल्लो साता यो गीतमाथि भिडियो बनाउने क्रम बढेको देखिन्छ ।