Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

‘फेस्टिभ मुड’ जगाउने नितेशजंगको गीत ‘हाम्रो नेपालमा’को भ्यूज ४ करोड नाघ्यो

काठमाडौं । नितेशजंग कुवँर युवापुस्तामा धेरै सुनिने गायकमध्ये पर्छन् । उनका हिट ट्रयाकमध्ये ‘हाम्रो नेपालमा’ करिअरमा धेरै सुनिने गीत पर्छ ।

जब चाडपर्व आउँछन्, उनको मर्मस्पर्शी गीत ‘हाम्रो नेपालमा’ गुञ्जिन्छ । चाडमा स्वदेश फर्किन नपाएका विदेशिएका नेपालीको मर्मलाई बुनेर नितेशले यो गीत तयार पारेका हुन् ।

६ वर्षअघि रिलिज भएको यो गीतको सान्दर्भिकता अहिले पनि उत्तिकै ताजा छ । हुन पनि उनले विदेशमा बस्ने सबै दाजुभाई र दिदीबहिनीलाई गीत समर्पित गरेका छन् ।

मेरो तन अहिले यहाँ भए नि
मन भने सान्नानी उतै छ हाम्रो नेपालमा
हाम्रो नेपालमा…

बिहीबार यो गीतको भ्यूज युट्युबमा ४ करोड नाघेको छ । दशैं आएसँगै यो गीतको भ्यूजमा वृद्धि भएको देखिन्छ । युट्युब चार्ट्सका अनुसार यो गीत विदेशस्थित नेपाली समुदायमा धेरै गुञ्जिनेमध्ये पर्छ ।

साथै, रिल्स र टिकटकमा समेत पछिल्लो साता यो गीतमाथि भिडियो बनाउने क्रम बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

  • पोखरामा 18D सिनेमा सञ्चालन

  • यु एण्ड मि रेष्टुरेन्ट छैठौं वर्षमा प्रवेश

  • मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा बि.क.लाई

  • आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

  • मिडटाउनमा झरी पछिको इन्द्रेणीको शो थपियो

  • पोखरामा ‘झरी पछिको इन्द्रेणी’ले पाएन शो

  • आशिष दियालीको शब्द र संगीतमा ‘झरी’

  • लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.