Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

‘मन बिनाको धन’ को फस्टलुक सार्वजानिक

पोखरा । गायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मन बिनाको धन’ को फस्टलुक सार्वजानिक गरिएको छ । पोस्टरमा अशोक स्कूलको पोशाकमा पुस्तक र कलम हातमा लिएर खुसी मुद्रामा देखिएका छन् । संगीतकार टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको उक्त फिल्ममा कथा जिरोदेखि हिरोसम्म’को ट्यागलाइन राखिएको छ ।

पोस्टरको पृष्ठभूमिमा अशोक सानो छँदाको तस्वीर देख्न सकिन्छ । अर्को तस्वीरमा उनको पहिलो हिट गीत ‘मन बिनाको धन’को झलक राखिएको छ । पोस्टरमा देखिएका तीन फरक तस्वीरले फिल्ममा अशोकको बाल्यकालदेखि अहिलेसम्मको यात्रा प्रस्तुत गरिएको बुझ्न सकिन्छ ।

कात्तिक २१ गतेबाट प्रदर्शन हुन लागेको ‘फिल्ममा अशोकसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी लगायतको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

  • पोखरामा 18D सिनेमा सञ्चालन

  • यु एण्ड मि रेष्टुरेन्ट छैठौं वर्षमा प्रवेश

  • मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा बि.क.लाई

  • आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

  • मिडटाउनमा झरी पछिको इन्द्रेणीको शो थपियो

  • पोखरामा ‘झरी पछिको इन्द्रेणी’ले पाएन शो

  • आशिष दियालीको शब्द र संगीतमा ‘झरी’

  • लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.