Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

३ मिनेट लामो ‘माइतीघर’ ट्रेलरमा प्रेम र सांस्कृतिक द्वन्द्व

पोखरा । असोज १३ गते दशैंको फूलपाती मा प्रदर्शन हुन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर दर्शकले रुचाएका छन् । ट्रेलर रिलिजको एक साता नपुग्दै १९ लाख भन्दा बढी पटक युटुवमा हेरिएको छ ।

३ मिनेट लामो ट्रेलरले फिल्मको कथा मुख्यतः त्रिकोणात्मक प्रेमकथा र सांस्कृतिक द्वन्द्वको वरिपरि घुमेको स्पष्ट पार्छ । यसअघि सोही फिल्मको ‘मेरो प्यारो माइतीघर’ बोलको टाइटल गीतपनि दर्शकले रुचाएका थिए ।

ट्रेलर अनुसार फिल्मका मुख्य जोडी प्रकाश सपूत र उपासना सिंह ठकुरी प्रेम सम्बन्धमा छन् । तर, जातीय पृष्ठभूमि फरक हुँदा उनीहरुको सम्बन्ध संकटमा पर्छ । यस्तैमा धीरज मगरको प्रवेशले कथामा थप द्वन्द्व सिर्जना गरेको देखिन्छ । प्रेम, परिवार र सांस्कृतिक मूल्यबीचको संघर्ष र भावनात्मक उतारचढावलाई फिल्मले रोचक ढंगले प्रस्तुत गर्ने संकेत ट्रेलरले दिएको छ ।

मिलन तामाङको निर्देशनमा बनेको फिल्ममा प्रकाश, उपासना र धीरजसहित केदार घिमिरे, श्यामाश्री शेर्पा, वराज लामा, वुद्दि तामाङ, रजनी गुरुङ लगायतको अभिनय रहेको छ ।

रबिन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मको कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल रहेका छन् । रोहित अधिकारी प्रस्तुतकर्ता रहेको फिल्मका लेखक रामशरण पाठक हुन् ।

 

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

  • पोखरामा 18D सिनेमा सञ्चालन

  • यु एण्ड मि रेष्टुरेन्ट छैठौं वर्षमा प्रवेश

  • मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा बि.क.लाई

  • आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

  • मिडटाउनमा झरी पछिको इन्द्रेणीको शो थपियो

  • पोखरामा ‘झरी पछिको इन्द्रेणी’ले पाएन शो

  • आशिष दियालीको शब्द र संगीतमा ‘झरी’

  • लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.