मलेसियन क्रिकेट एशोसिएसनको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा नेपाली राष्ट्रिय टोलीकी अनुभवी अलराउण्डर सीता राना मगरले पनि एक टोलीको कप्तानी गर्ने भएकी छन् ।

मलेसियन क्रिकेट एसोसियसनलने सार्वजनिक गरेअनुसार सेन्ट्रल सुपर गर्ल्सको कप्तानी सीताले गर्ने भएकी हुन् । यसअघि साविक विजेता टिम वेस्टर्न वन्डर वुमनको कप्तानी इन्दु बर्माले गर्ने घोषणा भइसकेको छ ।

सुपर गर्ल्सको टोलीमा सीतासहित ४ नेपाली खेलाडी छन् । सीतासँगै यशोदा विष्ट, राजमती ऐरी र रिया शर्माले पनि यही टोलीबाट खेल्ने छन् ।

यस्तै साउथर्न जागुअर्स टोलीको उपकप्तान पूजा महतो चयन भएकी छन् । उक्त टोलीमा पूजासँगै रुबिना क्षेत्री र सोमु विष्ट पनि छन् ।