Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

मलेसियन सुपर वुमन सिरिज : सीताले सेन्ट्रल सुपर गर्ल्सको कप्तानी गर्ने

मलेसियन क्रिकेट एशोसिएसनको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा नेपाली राष्ट्रिय टोलीकी अनुभवी अलराउण्डर सीता राना मगरले पनि एक टोलीको कप्तानी गर्ने भएकी छन् ।

मलेसियन क्रिकेट एसोसियसनलने सार्वजनिक गरेअनुसार सेन्ट्रल सुपर गर्ल्सको कप्तानी सीताले गर्ने भएकी हुन् । यसअघि साविक विजेता टिम वेस्टर्न वन्डर वुमनको कप्तानी इन्दु बर्माले गर्ने घोषणा भइसकेको छ ।

सुपर गर्ल्सको टोलीमा सीतासहित ४ नेपाली खेलाडी छन् । सीतासँगै यशोदा विष्ट, राजमती ऐरी र रिया शर्माले पनि यही टोलीबाट खेल्ने छन् ।

यस्तै साउथर्न जागुअर्स टोलीको उपकप्तान पूजा महतो चयन भएकी छन् । उक्त टोलीमा पूजासँगै रुबिना क्षेत्री र सोमु विष्ट पनि छन् ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.