Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

नेपाली महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली महिला फुटबल टोलीले आगामी कात्तिकमा भारत गएर मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विसं २०८२ को अन्त्यसम्मका लागि सार्वजनिक गरेको क्यालेन्डरअनुसार नेपाल र भारतको महिला टोलीका बीचमा सिक्किममा मैत्रीपूर्ण फुटबल खेल हुने भएको हो ।

यसबाहेक महिला टोलीले इन्डोनेसियामा गएर इन्डोनेसिया र चाइनिज ताइपेइसँग त्रिदेशीय मैत्रीपूर्ण फुटबल पनि खेल्नेछ । उक्त सिरिज मंसिर ८ देखि १६ सम्म हुनेछ ।

एन्फाले साधारण सभाबाट पारित क्यालेन्डरमा हरेक फिफा विन्डोमा २-२ खेल खेल्ने गरी समावेश गरेको थियो । तर अक्टोबर विन्डोमा १ खेल मात्र खेल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.