फ्रान्सका फरवार्ड एवम् फ्रेन्च क्लब पीएसजीका फरवार्ड ओस्मान डेम्बेलेले बालोन डि’ओर २०२५ अवार्ड जितेका छन् ।
सोमबार राति भएको समारोहमा च्याम्पियन्स लिग विजेता समेत रहेका डेम्बेलेले वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै उक्त प्रतिष्ठित अवार्ड जितेका हुन् ।
पहिलोपटक बालोन डि’ओर जितेका डेम्बेलेले पीएसजीबाट सन् २०२४-२५ को च्याम्पियन्स लिग जित्नुका साथै लिगमा पनि ३७ गोल र १५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
महिलातर्फको बालोन डि’ओरको अवार्ड भने लगातार तेस्रोपटक स्पेनकी एइताना बोनमतीले जितेकी छन् । उनी स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दै आएकी फरवार्ड हुन् ।