अभिनेता विजय बराललाई पुत्रीलाभ भएको छ । उनकी पत्नी तथा अभिनेत्री प्रमिलाले आज बिहान बागबजारस्थित मोडल अस्पतालमा सन्तानलाई जन्म दिइन् ।
उनीहरूको यो दोस्रो सन्तान हो । यसअघि छोरा छन् ।
नयाँ सन्तान लाभपछि विजयले अनलाइनखबरसँग भने, ‘म एकदमै खुसी छु । मालती मंगलको सुटिङबाट ब्रेक लिएर आएको हुँ ।’
उनले फेसबुकबाट फोटो सेयर गर्दै प्रशंसकलाई यसबारे जानकारी दिएका छन् ।