राजबहादुर सानेको निर्देशनमा निर्माण हुने फिल्म ‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ ।

सोमबार बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर यो फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो ।

शुभमुहूर्त सटको निर्देशन पटकथाकार प्रदीप भारद्धाजले गरे । कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि निर्माता विकास जोशीले नरिवल फुटाएका थिए ।

पशुपति आर्यघाटसहितका क्षेत्रका फिल्मको छायांकन हुने जनाइएको छ । छायांकन तालिका ३० दिन तय गरिएको छ ।