२०८२ सालको भदौ महिनासम्म २ फिल्मले मात्र नेपाली बक्सअफिसमा १० करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गरेका छन् ।
नेपाली भाषाको फिल्म ‘ऊनको स्वीटर’ र हिन्दी भाषाको ‘सैयारा’ले मात्र नेपाली बजारमा यो उपलब्धि हासिल गरेका हुन् ।
विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’को लाइफटाइम कलेक्सन ११ करोड ४१ लाख ३१ हजार ४१० रुपैयाँ ग्रस छ ।
यो फिल्मका ३ लाख ८७ हजार १७५ वटा टिकट बिक्री भएका छन् ।