Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

एक खुट्टाले नाचेर प्रसिद्धि कमाएकी नृत्यांगना सीता सुवेदीको निधन

चर्चित नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको निधन बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा भएको परिवारले जनाएको छ ।

उनी १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन् । चितवन घर भएकी सुवेदीको दाहसंस्कार मंगलबार गरिने भएको छ ।

उनले एक खुट्टाले नाचेर पहिचान बनाएकी थिइन् । उनी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कत्थक नृत्यमा स्वर्ण पदक विजेता थिइन् ।

उनले १०० भन्दा धेरै स्टेजमा प्रस्तुति दिएकी थिइन् । साथै, अन्तर्राष्ट्रियस्तरमा हुने इभेन्टमा पनि मुलुकको प्रतिनिधित्व गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

  • पोखरामा 18D सिनेमा सञ्चालन

  • यु एण्ड मि रेष्टुरेन्ट छैठौं वर्षमा प्रवेश

  • मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा बि.क.लाई

  • आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

  • मिडटाउनमा झरी पछिको इन्द्रेणीको शो थपियो

  • पोखरामा ‘झरी पछिको इन्द्रेणी’ले पाएन शो

  • आशिष दियालीको शब्द र संगीतमा ‘झरी’

  • लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.