चर्चित नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको निधन बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा भएको परिवारले जनाएको छ ।
उनी १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन् । चितवन घर भएकी सुवेदीको दाहसंस्कार मंगलबार गरिने भएको छ ।
उनले एक खुट्टाले नाचेर पहिचान बनाएकी थिइन् । उनी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कत्थक नृत्यमा स्वर्ण पदक विजेता थिइन् ।
उनले १०० भन्दा धेरै स्टेजमा प्रस्तुति दिएकी थिइन् । साथै, अन्तर्राष्ट्रियस्तरमा हुने इभेन्टमा पनि मुलुकको प्रतिनिधित्व गरेकी थिइन् ।