सेयर बजारमा आजदेखि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना विधि हटेको छ ।
कम्पनीको अन्तिम मूल्यकै आधारमा आजदेखि सूचक गणना हुने नेप्सेले स्पष्ट पारेको छ । अघिल्लो कारोबार दिनसम्म २ : ४५ बजेदेखि ३ बजेसम्मको कम्पनीको भारित औसत मूल्यका आधारमा समूहगत सूचक र नेप्से परिसूचक गणना हुँदै आएको थियो ।
गत चैत ७ गतेदेखि नेप्सेले यस्तो विधि लागू गरेपनि यसले बजार घटाएको भन्दै लगानीकर्ताले विरोध जनाएपछि खारेज भएको हो ।