गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालय र ४८ जिल्ला कार्यालय जलेर ध्वस्त भएका छन् ।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरणमा ४८ कार्यालय जलाइएको उल्लेख छ ।

विश्वकर्माले जारी गरेको सूचीमा पार्टीका झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्साका जिल्ला कार्यालय आन्दोलनकारीले जलाएर ध्वस्त बनाएका छन् ।