Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

जलेश्वर कारागारबाट भागेका २३३ कैदीबन्दी फर्किए

गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण यहाँको जिल्ला कारागार जलेश्वरबाट भागेका कैदीमध्ये २३३ फर्किएका छन् । कारागारबाट भागेका पाँच सय ७६ कैदीबन्दीमध्ये तीन सय ४३ जना अझै फर्किएका छैनन् ।

सङ्घीय राजधानी काठमाडौँसहित देशभरि जेनजीको प्रदर्शन चलिरहेको बेला भदौ २४ गते मङ्गलबार राति करिब ७ बजे जलेश्वर कारागारमा कैदीबन्दी भई बस्दै आएका ४० भारतीयसहित सबै पाँच सय ७६ जना कैदी फरार भएका कारागारका जेलर अशोक क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहानसम्म दुई सय ३३ जना कैदीबन्दी फर्केर आएका छन् ।

कैदीबन्दी फरार भएको भोलिपल्टै भदौ २५ गत कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि आज बिहानसम्म दुई सय ३३ जना आइसकेका जनाउँदै अझै आउने क्रम पनि जारी रहेको क्षेत्रीले बताउनुभयो । जलेश्वर कारागारबाट भागेकामध्ये १२ जना कैदीबन्दीलाई भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागार फर्काउन मद्दत गरेका उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • जेनजी आन्दोलनबाट पुराना दललाई सच्चिने मौका

  • पार्टी पुनर्गठन हुनैपर्छ, साधारण सदस्य बनेर बस्न तयार छु

  • भूराजनीतिक भुमरीमा हाम्रो अस्तित्व

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.